२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजीहरूको प्रदर्शनका क्रममा अराजक तत्वहरूको घुसपैठ : प्रधानमन्त्री ओली

858
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सोमबारको प्रदर्शनबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।

जेनजीहरूको मागबारे सरकार संवेदनशील भएको, उनीहरू सचेत भएको लगायतका ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले अन्य अराजक तत्वहरूले घुसपैठ भएको बताए ।‘जेनजीहरू सकारात्मक तरिकाले प्रदर्शनमा उत्रिएका थिए । युवा पुस्ताहरूको शान्तिपूर्ण आन्दोलन राम्रै हुने अपेक्षा थियो,’ प्रधानमन्त्रीले ब्रिफिङका क्रममा भनेका थिए, ‘हामी संवेदनशील पनि थियौं । तर, त्यो आन्दोलनमा घुसपैठ भएको महसुस भएको छ ।’

उनले घुसपैठ भएको कुरा जेनजीहरूले पनि स्वीकार गरिसकेको समेत बैठकमा ब्रिफिङ गर्ने क्रममा भने ।‘यो कुरा जेनजीले पनि स्वीकार गरेको छ । सोही घुसपैठका कारण युवाहरूको ज्यान गयो,’ प्रधानमन्त्रीले भनेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports