देउवाको सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह
वि.सं.२०८२ भदौ २३ सोमवार २१:११
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गर्दै सरकारको निर्णय फिर्ता लिन आग्रह गरेका हुन् । देउवाले टेलिफोन गर्दा ओली मन्त्रिपरिषद् बैठक सञ्चालन गरिरहेका थिए भने देउवा पदाधिकारी बैठकमा थिए ।कांग्रेस पदाधिकारी बैठकमा सहभागी पदाधिकारीका अनुसार पदाधिकारी बैठक चलिरहेकै बेला बैठक हलबाट देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए ।
ओलीले भने मन्त्रीहरूसँग सल्लाह गरेर निर्णय लिने बताएको जानकारी देउवाले पदाधिकारी बैठकमा गराएको ती पदाधिकारीले बताए । अहिले पनि देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।





































