विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३, ३८७ जना डिस्चार्ज

858
shares

काठमाडौँ । जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतामा हालसम्म ६३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३८७ जना डिस्चार्ज भएका छन् ।

घाइते भएकामध्ये ५० जनालाई अन्य अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जानकारी दिएको छ । हाल अस्पतालमा १९६ जना भर्ना भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २५ जनाको निधन भएको छ । दुई दिनअघि देशव्यापी भएको प्रदर्शनमा राजधानीका बानेश्वरमा रहेको सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर लगायत अस्पतालमा घाइतेको चाप बढेको थियो । जसका कारण अन्य बिरामीको स्वास्थ्य सेवा प्रभावित समेत भएको थियो ।

यता पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले भने, ‘हिजोदेखि ओपीडीमा कम बिरामी आएका छन् । सायद अस्पतालसम्म आउन सहज नभएर होला । अस्पतालका सबै सेवाहरू सञ्चालन भइरहेका छन् ।’ पाटनमा जेनजी प्रदर्शनका क्रममा घाइते भएका ३३ जनालाई व्यवस्थापन गरिएको उनले बताए । यस अवधिमा कम्तीमा ६ देखि ७ जना बिरामीको सफल शल्यक्रिया (सर्जरी) समेत भइसकेको उनले बताए ।

उता जेनजी प्रदर्शनमा घाइते भएका ६७ जना राष्ट्रिय ट्रमा सेन्टरमा उचाररत छन् । मंगलबारको प्रदर्शनमा ४० जना घाइते उपचाररत छन् । जसमा ७ जना घाइते अवस्था गम्भीर रहेको राष्ट्रिय ट्रमा सेन्टर निर्देशक डाक्टर बद्री रिजालले बताए । स्वास्थ्य अवस्था गम्भीर भएकाहरूको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

यस्तै सोमबार प्रदर्शनमा २७ घाइते पनि सेन्टरमा उपचाररत छन् । सोमबार ट्रमा सेन्टरमा आठ जना घाइतेको मृत्यु भएको थियो । निर्देशक रिजालले घाइतेका उपचारलाई प्राथमिकता दिई जनशक्ति दोब्बर पारेर ड्युटी गरेर व्यवस्थापन गरिएको बताए । उता त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ४४ जना घाइते उपचाररत छन् । जसमा एक जनाको आईसीयूमा ‍उपचार भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports