विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेटौंडा बालसुधार केन्द्रबाट ५८ बालबन्दी फरार

1.46K
shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरू भागेका छन् ।

७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ । १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।सुधार केन्द्रका प्रमुख प्रदीप गौतमका अनुसार सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए ।

२२ जना बालकहरू भने सुधार गृहमै बसेको जनाइएको छ ।गौतमका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर उनीहरू फरार भएका हुन् ।फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

सुधार गृहको गेट बाहिर अभिभावकहरू आएपछि ढुंगामुढा भएको उनले बताए ।बाहिरबाट अभिभावकहरूले ढुंगामढा गरेपछि बालबन्दीहरूले भित्र तोडफोड गरेर भागेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports