नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलन पिडितको माग ५० लाख क्षतिपूर्ति, सचिव सरहको पेन्सन

637
shares

काठमाडौं । यही भदौ २३ गते ‘जेनजी’को आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएकाका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठबुँदे माग पेस गरेका छन् ।

पीडित परिवारले आइतबार (भदौ २९) प्रधानमन्त्रीसमक्ष पेस गरेको मागपत्रमा भनिएको छ, “मिति २०८२ भदौ २३ गते जेनजीको शान्तिपूर्ण आन्दोलनको क्रममा बलिदान, सहादत हुने पीडित परिवारहरूको तर्फबाट सामूहिक रूपमा तपसिल बमोजिमका मागहरू मन्त्रिपरिषद्मा निर्णयार्थका लागि मागपत्र पेस गर्दै उक्त मागहरू तत्काल पूरा गरिदिनहुन तपाईं सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष पेस गरेका छौँ ।”

प्रधानमन्त्री कार्कीले सोमबार (भदौ ३०) ती माग ‘आवश्यक कारबाही अगाडि बढाइदिनू’ भन्दै मुख्यसचिवलाई सम्बोधन गरी तोक लगाएकी छन् ।पीडित परिवारको पहिलो माग भदौ २३ गतेलाई ‘जेनजी राष्ट्रिय दिवस घोषणा गरियोस्’ भन्ने छ । दोस्रो मागमा ‘भदौ २३ र २४ गतेको शान्तिपूर्ण जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण मृतकलाई राष्ट्रिय सहिद घोषणा गरियोस्’ भन्ने छ ।

पीडित परिवारको तेस्रो मागमा ‘सम्पूर्ण मृतकको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनुका साथै राष्ट्रिय शोकका रूपमा राष्ट्रिय झन्डा ३० दिन आधा झुकाइयोस्’ भन्ने छ । “सम्पूर्ण मृतकहरूको परिवारलाई कम्तीमा ५० लाख क्षतिपूर्तिको व्यवस्थाका साथै नेपाल सरकारको सचिव सरह आजीवन पेन्सनको व्यवस्था गरियोस्,” पीडित परिवारको चौथो माग छ । पीडित परिवारको पाँचौँ माग ‘सम्पूर्ण मृतकको अस्पताल देखिकै सबै प्रक्रिया पूरा गरी श्रद्धाञ्जली सभा गरी राष्ट्रिय सम्मानका साथ चक्रपथ शवयात्रा परिक्रमा गराई परिवारलाई हस्तान्तरण गरियोस्’ भन्ने छ ।

“सम्पूर्ण मृतक शवहरूको उहाँहरूको गृहजिल्लामा सैनिक हेलिकोप्टरबाट पुर्‍याउनुपर्ने र गृहजिल्लामा पनि शवयात्राको व्यवस्था गर्नुका साथै काजक्रिया खर्च बापत रु. एक लाख तत्कालै उपलब्ध गराइयोस्,” छैटौँ मागमा भनिएको छ । सातौँ मागमा ‘मृतक परिवारका आमाबाबु, श्रीमान्श्रीमती, सगोल दाजुभाइ, बालबच्चालाई उचित लालनपालन, रोजगारी, स्वास्थ शिक्षा र भत्ता लगायत सम्पूर्णको व्यवस्था सुनिश्चित गराइयोस्’ भन्ने राखिएको छ ।

“गोली हान्न आदेश दिने तथा हिंस्रक दमनमा संलग्न सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, फिल्ड कमान्डर लगायत अन्य दोषी पत्ता लगाई तत्काल निलम्बन गरी हदै सम्मको कारबाही गरियोस्,” पीडित परिवारको आठौँ माग छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports