सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्सेका अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा

780
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा पनि बिचौलियालाई लाभ हुने काम गरेको भन्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् ।नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाका अनुसार उच्च व्यवस्थापनसँग मंगलबार पनि यसबारे छलफल भएको थियो । मंगलबारको लामो छलफलपछि पनि उच्च व्यवस्थापनले कमजोरी सुधार नगर्ने देखिएपछि बुधबारदेखि औपचारिक आन्दोलनको घोषणा गरिएको थापाले बताए ।

‘मंगलबार कर्मचारी र उच्च व्यवस्थापनसँग लामो समय छलफल भयो, छलफलका क्रममा व्यवस्थापन पक्षबाट सुरक्षा चुनौती बढेको भनेर प्रहरी समेत बोलाउनु भयो, प्रहरीको रहोबरमा भएको छलफल निष्कर्षविहीन भयो’ थापाले भने, ‘मंगलबारको छलफल टुङ्गोमा नपुगेपछि बुधबार निरन्तरता भनिए पनि त्यसो हुन सकेन, त्यसपछि औपचारिक आन्दोलनमा उत्रिएका हौं ।’कर्मचारी संगठनले आन्दोलन जारी राख्दै कामलाई निरन्तरता दिएका छन् । नियमित काममा कुनै बाधा पुगेको छैन । नेप्सेको संस्थागत सुशासन बचाउन र उद्दार गर्न अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले राजीनामा दिनुपर्ने थापाले बताए ।

अध्यक्ष बस्यालले विगतमा नेप्सेबाट २५ लाख पाउनु पर्ने दाबी गरेको र सो अनुसार भुक्तानी दिन नेप्सेले नमानेपछि बदला लिन नेप्सेमा छिरेको कर्मचारीको दाबी छ ।कर्मचारी संगठनले अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोल गर्ने जनाएको छ । संगठनले आन्दोलनका कार्यक्रमहरू तय गरेको छ । हातमा कालोपट्टी बाँध्ने, धर्नामा बस्ने, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने र राजीना गर्न दवाव दिने रहेका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बस्याललाई गत भदौ २० गते अध्यक्षमा नियुक्त गरेको थियो । त्यसैगरी नेप्सेको प्रमुख कार्यकारी अधिकृत पनि सोही सरकारले नियुक्त गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports