ऊर्जामन्त्री घिसिङ र अमेरिकी राजदूत बीच डिन आरथम्प्सन भेटवार्ता
वि.सं.२०८२ असोज ८ बुधवार १९:२०
shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि अमेरिकाका राजदूत डिन आरथम्प्सनबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत थम्प्सनले अमेरिकाका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजना कार्यान्वयन अवस्था, जेनजी आन्दोलन क्रममा क्षति पुगेका सार्वजनिक संरचना पुनर्निर्माण लगायत विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले अहिलेकोे सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए ।राजदूत थम्प्सनले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरे ।




































