न्याय सेवा आयोग बैठक, ७ उपसचिव र १६ अधिकृतलाई बढुवा
वि.सं.२०७८ माघ १५ शनिवार ०८:३९
shares

न्याय सेवा आयोगको हिजो बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय गरेको छ भने कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवाल बढुवा हुनुभएको प्रवक्ता कार्कीले जानकारी दिए । बैठकमा जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्ने विषय भने प्रवेश नै नभएको जनाइएको छ ।





































