नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री निवास र अख्तियारमा प्रहरीको कमान्डो टोली परिचालन, भिड नियन्त्रण गर्न सिलसिलेवार बल प्रयोग हुने

780
shares

काठमाडौं, २१ जसोज । जेन–जी समूहको धम्कीपछि आज बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ ।

बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो ।ती क्षेत्रमा ‘छानिएका’ प्रहरी अधिकृतलाई बोलाएर खटाइएको छ । साथै संवेदनशील क्षेत्रमा भिड जम्मा भए साथै सुरक्षालाई चुनौती दिने गतिविधि भए सिलसिलेबार बल प्रयोग गरिने प्रहरीका एक कमाण्डो अधिकारीले बताए ।

सोमबार राति प्रधानमन्त्री निवास, बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङले प्रहरीलाई जेनजी समूहले कार्यालयमै आएर धम्की दिएकोप्रति आपत्ति जनाएका थिए ।प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएकी थिइन् । प्रहरी स्रोतका अनुसार सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट दुई ठाउँमा कमाण्डो टोली परिचालन गरिएको छ ।

उक्त टोलीलाई भिड नियन्त्रणका निम्ति चेतावनी दिनेदेखि बल प्रयोग गर्नेसम्मको अधिकार छ । हामी नेपालका संस्थापक सुधन गुरुङसहितको टोली हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए । प्रहरीले भदौ २३–२४ को घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी लिन इन्कार ग¥यो ।सुधनको टीम ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै निस्केको थियो । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै काठमाडौं उपत्यका प्रहरी परिसरले हिजै साँझ प्रहरी बिटका सबै टोलीलाई फिर्ता बोलाएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports