आज जेनजीसँग हुने भनिएको राष्ट्रपति सहित प्रधानमन्त्री/मन्त्रीहरुको वार्ता नहुने
वि.सं.२०८२ असोज २७ सोमवार १४:४४
shares

काठमाडौं। सोमबार जेनजीसँग हुने भनिएको राष्ट्रपतिसहित प्रधानमन्त्री/मन्त्रीहरुको वार्ता नहुने भएको छ ।
राष्ट्रपति कार्यलयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको बताएका छन् ।‘आज बस्ने भनिएको थियो, तर अहिलेसम्म केही खबर आएको छैन । फोन आयो भने जान्छौँ,’ एक जेनजी अगुवाले भने।
उता राष्ट्रप्रती कार्यलयले भने राष्ट्रपति अस्वस्थ भएपछि सोमबार बैठक नबोलाइएको बताएका छन् ।‘अस्ती राष्ट्रपति बिरामी हुनुभयो। त्यसपछि सोमबार बस्ने भन्यौं,’ राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो, ‘ तर, डाक्टरले केही दिन आराम गर्नु भन्नुभएको छ । त्यसैले अब एक दुईदिन पछि छलफलको लागि बोलाउछौं।’




































