नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्र २४ गतेको आगजनी सुनियोजित न्युयोर्क टाइम्सले भन्यो, निष्पक्ष छानबिन गर कार्की सरकार

897
shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन उग्र बन्दा नेपालले व्यहोरेको क्षतीका विषयमा प्रतिष्ठित न्यूयोर्क टाइम्स अखबारले भदौ २४ गतेका दिन देशभर भएका आगजनी सुनियोजित रहेको जनाएको छ । न्यूयोर्क टाइम्सले आइतबार एक खोजमूलक सामग्री प्रकाशित गदै सो समयमा नेपालमा भएको आगजनी सुनियोजित रहेको उल्लेख गरेको हो ।

अघिल्लो दिन १९ जनाको ज्यान जानेगरी सुरक्षाकर्मीले भ्रष्टाचारविरोधी प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा भोलिपल्ट आगजनी भएको आम बुझाइ छ । यद्यपि आफ्नो अनुसन्धानमा यस बुझाइमा आशङ्का गर्ने ठाउँ रहेको टाइम्सले उल्लेख गरेको छ ।न्यूयोर्क टाइम्सले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगलगीविदसँगको कुराकानी, घटनाका भिडियो र तस्बिरको विश्लेषण तथा घटनास्थलमा टाइम्सका प्रतिनिधिको भ्रमणपछि उक्त सामग्री प्रकाशित गरेको हो । समाचारमा यस्तो ‘राष्ट्रव्यापी सुनियोजित विध्वंशकारी आक्रमण’ बारे नयाँ विवरणको खुलासा हुने र ती घटना स्वस्फूर्त भएकोमा आशङ्का उत्पन्न हुने उल्लेख गरिएको छ ।

भदौ २३ गते प्रदर्शनमा गोली चलेको केही घण्टालगत्तै ‘प्रयोग गर्न तयार सूची’ अनलाइनमा सार्वजनिक हुन थालेको थियो । ती सूचीमा भ्रष्टाचार र नातावादको सञ्जालमा आबद्ध रहेको ठानिएका समाजका सदस्यको निजी विवरण समावेश थिए ।भोलिपल्टको दिउँसो ती मानिसको आवासमा आगो लाग्न थालिसकेको थियो । नेपालको कार्यकारी, व्यवस्थापिका र न्यायपालिका शाखालाई पनि आगोले निलिसकेको थियो । न्यूयोर्क टाइम्सले यसलाई केही घण्टाको अवधिमा सयौँ हवाई आक्रमणसँग तुलना गरेको छ ।‘संगठनात्मक क्षमताबिना तपाईँले छोटो समयमा यति धेरै भवनमा आगो लगाउन सक्नुहुन्न ।’ एण्ड्रियू मूर एण्ड एशोसिएट्सका वरिष्ठ आगजनी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भनेका छन् , ‘यसका लागि हप्तौँ वा महिनाको योजना चाहिन्छ ।’

नेपाल प्रहरीको फोरेन्सिक प्रयोगशालाका प्रमुख पवन ढुङ्गाना अघिल्लो महिना भएको आगजनीको अनुसन्धान गर्न उनका टिमका कसैलाई पनि डाकिएको छैन । उनको प्रयोगशालामा परीक्षणका लागि हालसम्म कुनै पनि नमुना ल्याइएको छैन । उनका आगोका भग्नावशेष अब अप्रासङ्गीक भइसकेका छन् ।जेनजी आन्दोलका विषयमा नेपालमा पनि विभिन्न स्वार्थ समुहले युवाहरुलाई ढाल मात्रै बनाएको टिकाटिप्पणी भइरहेको छ । जसले युवाहरुलाई ढाल बनाएका थिए तिनैले अहिले आन्दोलनलाई पनि हाईज्याक गरेको आरोप लाग्दै आएको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम पनि विभिन्न पक्षले जोड्दै आएका छन् । कुनै वेला फरक सन्दर्भमा बालेनले सिंहदरबारमा आगो लगाउने आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports