सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको बैठक सुरुमै अध्यक्ष ओलीले प्रस्ताव पेस गर्न, रामबाग महलमा युवासंघको पहरा

520
shares

काठमाडौं । नेकपा एमाले, केन्द्रीय कमिटीको १० औं बैठकको शुरुमै अध्यक्ष केपी ओलीले प्रस्ताव पेश गरेपछि बैठक अगाडि बढ्ने भएको छ । ओलीको सचिवालयका एक सदस्यका अनुसार बैठकमा प्रस्तुत गर्ने केही जरुरी प्रस्ताव हिजो राति नै तयार पारिसकिएको छ । उक्त प्रस्ताव ओलीले उदघाटन मन्तव्यसँगै पेश गर्ने कार्यक्रम छ ।

जावलाखेल, भनिमण्डलस्थित बैठक स्थलमा राष्ट्रिय युवा संघ नेपालको विशेष सुरक्षादस्ता परिचालित हुने भएको छ । मुख्य मुख्य नेतालाई मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै बैठकस्थलमा लगिने संघका उपाध्यक्ष विनय शाहले बताए ।उक्त तयारीका लागि मंगलबार बेलुकी बैठकस्थलमै संघको बैठक सम्पन्न भएको शाहले बताए । उनका अनुसार बैठकस्थल रामबाग महलमा १०० जनाको विशेष सुरक्षादस्ताले पहरा दिने छ । नेताहरूको स्कर्टिङका लागि त्यति नै संख्यामा मोटरसाइकल र ५० वटा चारपांग्रे (कार-जिप) तयार पारिएको उपाध्यक्ष शाहले बताए ।

बैठक चल्ने तीनै दिन बैठकस्थलमा दिउँसोको खाजा र पानी बाहेक अन्य खानपिनको व्यवस्था छैन । काठमाडौं बाहिरबाट आएका नेताले बसोबासnसहित बिहान-बेलुकीको खानाको व्यवस्था आफैं गर्नुपर्ने केन्द्रीय कार्यालयले जनाएको छ ।अध्यक्ष ओलीले बैठकमा प्रस्ताव पेश गरेपछि त्यसउपर बोल्न चाहनेलाई वर्णानुक्रम (अल्फाबेटिक अर्डर) का आधारमा उल्टोबाट बोल्न दिइने भएको छ । देवनागरी वर्णानुक्रम ‘अ’ बाट शुरू भई ‘ज्ञ’ मा टुंगिन्छ । त्यसअनुसार, उल्टो, अर्थात् ‘ज्ञ’ बाट नाम आउनेदेखि बोल्ने पालो दिइने भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports