सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ : नेपाली कांग्रेस

806
shares

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएको छ ।

निर्वाचन आयोगले बिहीबार निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग गरेको छलफलमा कांग्रेसले दलहरू शान्ति सुरक्षामा विश्वस्त नभएको बताएको हो ।कांग्रेसका तर्फबाट बैठकमा सहभागी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निर्वाचन सम्पन्न गर्नका लागि सरकारले वातावरण निर्माण गन नसकेको बताए ।

‘निर्वाचनका लागि आवश्यक पर्ने पहिलो सर्त शान्ति सुरक्षाको प्रत्याभूति नागरिक र राजनीतिक दलहरूलाई सरकारले दिलाउन सक्नुपर्छ । अहिलेसम्म त्यो हुन सकेको छैन,’ आयोगमा भएको छलफलमा राखेको धारणा उल्लेख गर्दै विश्वकर्माले रातोपाटीसँग भने, ‘अहिले शान्ति सुरक्षाको अवस्था नाजुक छ । शान्ति सुरक्षाको ज्ञारेन्टी हुन्छ भन्नेमा दलहरू विश्वस्त छैनन् । सुरक्षाकर्मीहरू त्रसित छन् । उनीहरूको मनोबल उच्च बनाउनु पर्‍यो । सुरक्षाकर्मीका लुटेका हतियार र बर्दी फिर्ता हुनुपर्‍यो । भागेका अपराधी पक्रिन पर्‍यो ।’

साथै विश्वकर्माले निर्वाचनको वातावरण निर्माणमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरूसँगै बस्ने वातावरण निर्माण गर्न पनि आग्रह गरे ।उनले सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले निर्वाचनको वातावरण निर्माण गर्ने अभिव्यक्ति दिनुपर्नेमा त्यस विपरीत अभिव्यक्ति दिएको भन्दै अभिव्यक्तिमा लगाम लगाउनुपर्ने बताए ।दलहरूमाथि सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भएकोले त्यो बन्द गर्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्ने धारणा बैठकमा राखेको विश्वकर्माले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports