सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतको जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

793
shares

काठमाडौं । सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।आयोगले यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध डा.राउतले सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट दायर गरेका थिए ।

विपक्षीका नाममा लिखित जवाफ पनि माग भएको छ भने आगामी कात्तिक १७ गतेका लागि छलफलको मिति पनि तोकिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports