सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपरथी अनुपजंग थापाको सेनाले राजनीति नगर्ने दाबी

832
shares

काठमाडौं । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ ।

शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ- सेनाले राजनीति गर्दैन,’ उनले भने ।उनले थपे, ‘तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो।’

उनले आन्दोलनपछिको अवस्थालाई संकेत गर्दै भने, ‘यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिन्छ।’उनले भने, ‘एकातिर स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास तथा अर्कोतिर कतै आन्दोलनलाई सहयोग पुर्‍याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने हुन्छ ।’मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।‘एक क्षणलाई सोचौं, भदौ २४ को राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्‍यो, त्यो नगरेको अथवा विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो ?,’ उनले प्रश्न गरे ।ती सैनिक अधिकारीले यो विषय सबैको लागि विचारयोग विषय रहेकोमा जोड दिए । ‘नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो,’ उनले भने ।

आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ । ‘कुनै कुनै समूह त तीन वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन,’ सैन्य अधिकारीले भने ।‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निर्क्योल थियो,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports