सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपाले भन्यो कार्की सरकार खारेज गरी सर्वपक्षिय सरकार गठनको माग

715
shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेका छन् ।

हालै बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले यो सरकार रहस्यमय तरिकाले बनेको भन्दै यसलाई खारेज गरेर नयाँ अन्तरिम सरकार गठन गर्न माग गरेका हुन् । साथै उनले जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको पनि बताए ।‘जेनजी आन्दोलनले संसद् भङ्ग र अन्तरिम सरकार गठन गर्यो । तर, आन्दोलनको मर्म र उद्देश्य पूरा गर्ने खालको भएको छैन,’ उनले भने, ‘यहाँ फेरि नयाँ षड्यन्त्रहरू देखिँदै छन् । अन्तरिम सरकार जेनजी मागको अनुरूप भएको छैन । यो सरकार बन्दै रहस्यमय तरिकाले बनेको छ ।

उनले राजनीतिक दलहरू पनि आफ्नो समर्थनमा यो सरकार बनाएको भनेर समर्थन गर्न कुनै पनि तयार नभएको बताए । मन्त्रीहरू पनि जेनजी आन्दोलनको भावना विपरीत आए भन्ने कुरा उठेको पनि बताए । उनले भने, ‘यो सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports