सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहसचिव रामेश्वर दंगालको ७७ ओटै सीडीओलाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन

806
shares

काठमाडौँ । गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् ।

सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्ने लगायत व्यक्तिगत आचरण समेतका विषयमा सजगताका साथ सक्रियतापूर्वक भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवं अभिवृद्धि गराउन भन्दै निर्देशन दिएका हुन् ।सचिव दंगालले शान्ति सुरक्षा शीर्षकमा ९ बुँदामा, अपराध नियन्त्रण शीर्षकमा ३ बुँदामा, निर्वाचन सम्बन्धमा ५ बुँदामा निर्देशन दिएका छन् ।

त्यस्तै सुशासन र प्रभावकारी सेवा प्रवाह शीर्षकमा १० बुँदामा, विकास व्यवस्थापन सम्बन्धमा एक बुँदामा र कारागार प्रशासन शीर्षकमा ३ बुँदामा, विपद् व्यवस्थापन शीर्षकमा ३ बुँदामा निर्देशन दिएका छन् ।त्यस्तै आपूर्ति व्यवस्थापन सन्दर्भमा ३२ बुँदामा, अनुगमन निरीक्षक सम्बन्धमा ७ बुँदामा, कार्यक्रममा सहभागिता एवं व्यवस्थापन सन्दर्भमा १० बुँदामा र विविध शीर्षकमा ८ बुँदामा निर्देशन दिएका छन् ।

सचिवस्तरीय निर्णयको निर्देशन उपसचिव रविन्द्र आचार्यले सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports