नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन समूहको बैठक जारी

741
shares

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन समूहको बैठक जारी छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बैठक जारी रहेको एक नेताले जानकारी दिए ।

बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूलाई बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएपछि खड्काले बोलाएको गुटको यो चौथो बैठक हो ।देउवाले उपसभापति खड्कालाई गत असोज २८ बसेको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।त्यसपछि खड्काले असोज २९ र ३० गते तथा कात्तिक ८ गते बुधबार बैठक बसिरहेकै स्थान सिद्धार्थ कटेजमा संस्थापन पक्षीय नेताहरूको बैठक राखेका थिए ।

बैठकमा जारी केन्द्रीय समिति बैठकका एजेण्डा र पार्टीको १५ औँ नियमित महाधिवेशनबारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए । ‘१४औँ महाधिवेशनमा शेरबहादुर दाइलाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरूको बैठक बसिरहेका छौँ,’ बैठकमा सहभागी एक पदाधिकारीले  भने, ‘पार्टीको जारी केन्द्रीय समिति बैठक र महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । सरकारले घोषणा गरेको निर्वाचन हुने देखिएमा महाधिवेशन वैशाखमा गर्ने र निर्वाचन नहुने भएमा फागुनमा गर्ने प्रस्ताव लैजाने विषयमा छलफल भइरहेको छ ।’

महाधिवेशनको मिति भने सर्वसम्मत तरिकाले पास गर्न नेताहरूले कार्यवाहक सभापति खड्कालाई सुझाइरहेका छन् ।असोज २९ र ३० गते संस्थापनका केन्द्रीय सदस्यहरू सबैसँग महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गरेका खड्काले कात्तिक ८ गते शनिबार भने संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी तथा केही प्रभावशाली केन्द्रीय सदस्यहरूसँग महाधिवेशनको मिति र समसामयिक राजनीतिबारे कुराकानी गरेका थिए ।आजको छलफलमा मुख्यगरी विशेष महाधिवेशनका लागि विशेष कारण खुलाएर बुझाइएको हस्ताक्षर र महाधिवेशनका बारेमा छलफल भइरहेको नेताहरू बताउँछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports