जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगका पदाधिकारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
वि.सं.२०८२ कात्तिक १२ बुधवार १६:३८
shares

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी विरुद्ध परेको रिटमा बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । साथै, विपक्षीलाई छलपलमा झिकाउने आदेश पनि जारी भएको छ ।
अधिवक्ता ढकालले रिटमा कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका थिए ।उनले अन्तरिम आदेश मार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका थिए ।
जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूबाट पूर्वाग्रही रहित रुपमा काम हुन नसक्ने जिकिर रिट निवेदनमा गरिएको थियो ।



































