राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
वि.सं.२०८२ कात्तिक १२ बुधवार १६:४०
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।उनका अनुसार, राष्ट्रपति पौडेल सहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछन ।
उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको उनले मन्त्रिपरिषद् बैठकपछि जानकारी गराए ।‘कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रमम सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलले भने ।




































