नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माघ ११ गते राष्ट्रियसभाको १८ सदस्यका लागि निर्वाचन , नारायण काजी , राष्ट्रपतिबाट मनोनीत बामदेव सहित यी १९ जना पदमुक्त हुने

1.12K
shares

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

आगामी फागुन २० मा रिक्त हुने राष्ट्रिय सभा सदस्यमा सबैभन्दा बढी नेकपा (एमाले)का ८, नेकपा (माओवादी केन्द्र)का ७, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना रहेका छन् भने एक जना मनोनीत सांसद छन् ।आगामी फागुनमा बिदा हुने एमालेका सांसदमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी छन् ।

माओवादीका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।एकीकृत समाजवादीका डा‍.बेदुराम भुसाल र बामदेव गौतमको कार्यकाल सकिँदैछ । गौतम राष्ट्रपतिबाट मनोनित सांसद भए पनि एकिकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports