२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र छाप्ने

1.17K
shares

काठमाडौँ । अब सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि लाइसेन्स स्मार्ट कार्ड छाप्ने गरी मोटामोटी समझदारी बनेको हो । तिवारीले केन्द्रले पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको बताए । उनका अनुसार ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर वितरण गरिनेछ ।‘केन्द्रसँग लाइसेन्स छाप्नेबारे सम्झौता भएको छ,’ निर्देशक तिवारीले भने, ‘अहिलेलाई १२ लाख कार्ड छाप्ने गरी समझदारी भएको छ, यद्यपि केही प्राविधिक कुराहरू मिलाउन बाँकी छ । छपाइको काम छिट्टै, सम्भवतः एक हप्ताभित्रै सुरु हुन्छ ।’

लामो समयदेखि लाइसेन्स नपाएर सास्ती भोगिरहेका सेवाग्राहीलाई राहत दिने उद्देश्यले यो सम्झौता गरिएको हो । तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिनेछ । ‘जो–जोलाई तत्काल आवश्यक छ र जसले पहिलेदेखि नै माग गर्नुभएको छ, उहाँहरूको लाइसेन्स छपाइमा पर्नेछ,’ उनले भने।छपाइको सुरुवातमा सानो संख्याबाट काम थालिने र क्रमशः बढाउँदै लगिने योजना विभागको छ । ‘सबै कुरा छलफलकै क्रममा छ, भोलि–पर्सिसम्ममा कहिलेबाट र कसरी छाप्ने भन्नेबारे टुङ्गो लाग्नेछ,’ तिवारीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ । त्यसपछि भने विभागले आफ्नै प्रणाली विकास गरेर लाइसेन्स वितरण गर्ने जनाएको छ ।गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो । यस्तै सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो । हाल अस्थायी टहरोबाट अन्य सेवा दिने तयारी भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports