सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसको केन्द्रीय समितिको बैठकमा नेता खनाल बोल्दा बोल्दै माधव पक्षका केन्द्रीय सदस्यहरूले गरे होहल्ला

819
shares

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल बोलिरहँदा केन्द्रिय सदस्यहरूले होहल्ला गरेका छन्।

माओवादीसँग एकताबारे निर्णय गर्न बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्मानित नेता खनालले बोलेका थिए।खनालले बोलिरहँदा अध्यक्ष माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूले खनालविरुद्ध होहल्ला गरेका हुन्। माधव पक्षका केन्द्रीय सदस्यले खनाललाई डिस्टर्ब गरेपछि खनाल पक्षका केन्द्रिय सदस्यहरू पनि आफ्नो स्थानबाट उठेर प्रतिवाद गरेका थिए।

बैठकमा खनालले अध्यक्ष नेपालको आलोचना गर्दै माओवादीसँग एकतामा जान नहुने धारणा राखेका थिए। त्यसपछि अध्यक्ष नेपाल पक्षका केन्द्रीय सदस्यहरूले सम्मानित नेता खनालबाट पार्टी नेतृत्वको अनावश्यक आलोचना भएको र पार्टी सञ्चालनमा सधैं असहयोग गरेको आरोप लगाएका थिए।एक केन्द्रिय सदस्यका अनुसार बैठक कक्षको अवस्था सामान्य बनाउन हम्मेहम्मे परेको थियो। बैठक सुकेधारास्थित एक पार्टी प्यालेसमा चलिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports