सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक

793
shares

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काभ्रे प्रशासनले जारी गरेको सूचना अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्नेछन् ।यसैगरी सिन्धुली प्रशासनले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको हो ।

साथै दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले सवारी साधन चलाउन रोक लगाउन सक्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।वर्षा भइरहेका कारण नदीहरूमा बाढीको बहाव बढ्दा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध समेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports