सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वअध्यक्ष कमल थापालको अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र

598
shares

राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै आफ्नो मागलाई बेवास्ता गरे पार्टीमा दुर्घटना हुने चेतावनी दिएका छन् ।

पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएका थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको दाबी गर्दै आएका छन् । राप्रपालाई निर्मल निवासले चलाउने प्रयास स्वीकार्य नहुने भन्दै उनले यसबारे पार्टी बैठकमा औपचारिक रुपमा छलफल गर्न माग गरेका छन् ।

उनले आइतबार अध्यक्ष लिङ्देनलाई पठाएको ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘मैले मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न र त्यसबारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुन पठाएको छ ।’आफूले पार्टी महाधिवेशनमा भएको निर्वाचन परिणामलाई चुनौती नदिएको र ५ वर्ष पार्टी लिङ्देनले नै चलाउने उनले बताएका छन् । तर पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने योजना स्वीकार्य नहुने उनले बताएका छन् ।राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्न हिचकिचाउन नहुने समेत उनले बताएका छन् । राप्रपालाई राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका जनताको स्वाभिमानी पार्टीका रुपमा कायम राख्नुपर्ने उनको जोड छ ।

उनले चेतावनीपूर्ण भाषामा अघि भनेका छन्, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्‍याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports