नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री सुशीला कार्कीको सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन

728
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् ।भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनुभू ितगर्नेगरी सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

‘गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले निर्देश गरेकी छिन् ।कर्मचारीहरूलाई स्थायी सरकार भएको बताउँदै आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गर्दै कर्तव्य र उत्तरदायित्व पालनमा खरो उत्रन उनले आग्रह गरिन् ।कर्मचारीहरूले नै अघि सारेका सुधार योजनाले आगम नागरिकलाई छुन सक्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

त्यस्तै, उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिएकी छिन् ।निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न उनले कर्मचारीलाई भनेकी छिन् ।

‘आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुहोस्,’ प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराउँदै सचिवालयले भनेको छ, ‘कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन के के गर्नुपर्छ, गर्नुहोस् ।’

संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन पनि उनले आग्रह गरेकी छिन् ।‘निर्वाचनको वातावरण बनाउन मैल निर्वाचन आयोग सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेकी छु,’ उनले थप भनेकी छिन्, ‘निर्वाचनको पूर्व तयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्नुहोस् ।’

सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्न पनि उनले आग्रह गरेकी छिन् । ‘परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापना गर्नुहोस्,’ उनले भनेकी छिन् ।अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न पनि उनले आग्रह गरेकी छिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports