नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली देखी फेरी वर्षा र हिमपातको सम्भावना

910
shares

पाँच दिनको अविरल वर्षापछि मौसममा केही सुधार देखिएपनि पश्चिमी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलिदेखि पुनः हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।

विभागका अनुसार भोलि र पर्सि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ ।

‘नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहने देखिन्छ,’ विभागले जारी सूचनामा भनेको छ, ‘सो प्रभावले २०८२ कात्तिक १८ र १९ गते गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports