नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुलमान घिसिङले मन्त्रीबाट राजिनामा दिने गरे तयारी

910
shares

काठमाडौँ – कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्।

सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले राजीनामा दिएर दल दर्ता गर्ने भएका हुन्।हाल उनले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र उर्जा जलस्रोत तथा सिंचाईं मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्। घिसिङको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितले केही दिनभित्रै दल दर्ता गर्ने तयारी गरेका छन्।

कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले दलमा आबद्ध भएपछि नैतिक हिसाबले संकट हुने भएपछि उनी दल दर्ताका लागि आयोगमा निवेदन दिनुअघि मन्त्री पद छाड्ने तयारीमा रहेको निकट स्रोतले जानकारी दियो।केही दिनअघि बालुवाटारमा सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरुलाई चुनाव लड्ने तयारीबारे सोधेकी थिइन्। अरु मन्त्रीले आफूहरु त्यस्तो तयारीमा नरहेको जवाफ दिएका थिए। तर, घिसिङले भने कुनै जवाफ नदिई बसेका थिए।

घिसिङ नेतृत्वको दलमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, सागर ढकालहरु सहभागी हुनेछन्। फागुन २१ गतेका लागि तोकिएको चुनावी प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेसम्मको अवधि दिएको छ। कुलमान नेतृत्वको पार्टीलाई जेनजी पार्टीका रुपमा अघि बढाउने योजना छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports