नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चल्यो

819
shares

काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।

गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।

गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको एसपी क्षेत्रीले बताए । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ ।फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports