नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमतीका पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन

1.12K
shares

हेटौँडा । बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन भएको छ । उनको भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारत मंगलबार बिहान निधन भएको हो ।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकी जोन्छे शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् । लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकी जोन्छे केही समयदेखि अस्वस्थ रहेकी थिइन् । स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिए । जोन्छेका तीन जना छोरा रहेका छन् ।

२०७४ को निर्वाचनमा उनी कांग्रेसको समानुपातिक कोटामा सांसद बनेकी थिइन् भने २०७८ कात्तिकमा गठित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनबाट राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनेकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports