आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल राष्ट्र बैंकका एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर

559
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् । यो विभागलाई राष्ट्र बैंकको शक्तिशाली विभाग मानिन्छ ।

यस्तै, विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा थिए । नियमन विभागको नेतृत्व सम्हालेका गुरुप्रसाद पौडेललाई भने मानव संशाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।यसैगरी, विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवतीप्रसाद नेपाललाई हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ । वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ । मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।

मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयमा सारिएको छ । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशनकुमार सिग्देललाई बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेललाई मौद्रिक व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । भर्खरै बढुवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजनविक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports