सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टीमा देखिएको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कस्‍ले बाँड्ने भन्‍ने विषयमा केन्द्रीत : विनोद चौधरी

1.25K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीमा देखिएको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कस्‍ले बाँड्ने भन्‍ने विषयमा केन्दरित रहेको टिप्पणी गरेका छन्।

सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले महाधिवेशनबारे देखिएको पछिल्लो विवाद केवल आगामी चुनावमा टिकट कसले बाँड्ने भन्ने विषयमात्रै भएको टिप्पणी गरेका हुन्।‘टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ न हो यो । घुमरे, छिरेर । प्रश्न टिकट कसले बाँड्ने भन्ने होइन, आउने दिनहरूमा टिकट कस्तालाई दिने हो भोलिको दिनमा ? पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिको दिनमा ?’

जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सबैभन्दा बढी छलफल पनि त्यही विषयमा हुनुपर्ने नेता चौधरीको भनाइ थियो। ‘यो केन्द्रीय कार्यसमिति बैठकको सबैभन्दा संवाद र चिन्ताको विषय त्यो हुनुपर्ने हो,’ उनले भने।चौधरीले कांग्रेस अब तीन ठूला दललाई बहिष्कारको मानसिकता बोकेकाहरूसँग चुनाव लड्न गइरहेको तर्फ पनि सचेत गराए।

‘अब हामी को सँग चुनाव लड्न गइरहेका छौँ ? हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ, जसले तीनटै दललाई रिजेक्ट गरिसक्यो,’ उनले भने, ‘दलभित्र राम्रा मान्छे पनि होलान्, नराम्रा मान्छे पनि होलन् । एक से एक त्याग गरेका तपस्वी पनि होला, सबभन्दा भ्रष्टाचारी पनि होलान्।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports