नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटको राजीनामा स्वीकृत
वि.सं.२०८२ कात्तिक २० बिहीवार २०:२५
shares

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले १२ कात्तिकमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।रानाभाटले दिएको राजीनामा कानुनी प्रावधान अनुसार आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाएका थिए ।
रानाभाटको राजीनामा बिहीबार स्वीकृत गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।आफूले पारिवारिक कामका कारण राजीनामा दिएको बताएका थिए । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।




































