नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघ र प्रदेश संसद्का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरे

949
shares

काठमाडौं । संघ र प्रदेश संसद्का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले संघीय संसद् र प्रदेश संसद्का सदस्य तथा पदाधिकारीको सचिवालय सदस्य संख्या कटौती र स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे पुगेका छन् ।

कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पनि राष्ट्रपति कार्यालय गएका हुन् ।

राष्ट्रपतिलाई भेट्न जानु अगाडि उनीहरू सामूहिक छलफलमा जुटेका थिए ।मध्यान्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा भएको छलफलले सरकारको निर्णयले संसद्को अपहेलना गरेको निष्कर्ष निकालेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports