कांग्रेसका नेता अफताब आलमको निधन
वि.सं.२०८२ कात्तिक २२ शनिवार ०८:४८
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचाररत आलमको गएराति २ः५८ बजे निधन भएको हो ।
आलमको शव अन्तिम दाहसंस्कारका लागि गृहजिल्ला रौतहट लगिसकिएको बताइएको छ ।६३ वर्षीय आलमलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो ।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो । उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको थियो ।




































