सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘ प्राड विवाक जर्नल २०८२’ बिमोचन

1.34K
shares

श्री सेना प्राड विवाक स्थापनाको ६३औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल २०८२’ को विमोचन गरिएको छ ।

शुक्रबार (२१ कात्तिक) जङ्गीअड्डामा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र प्रधानसेनापति महारथी अशोकराज सिग्देलले संयुक्त रूपमा जर्नल विमोचन गर्नुभयो ।

कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिनुहुने सैनिक विशेष अदालतका पूर्वसदस्य तथा पूर्वरक्षासचिव रामेश्वर दङ्गाल ९हाल गृहसचिव०लाई सम्मानित गरिएको थियो । कार्यक्रममा न्यायाधीश, नेपाल सरकारका सचिव, नेपाली सेनाका रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports