२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी छ : मुख्यसचिव अर्याल

1.34K
shares

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन्। उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल हुने जिकिर गरे।

शनिबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय वृहत् आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उनले आन्तरिक रोजगारी बढाएर विदेश जानुपर्ने बाध्यता कम गर्दै लैजानुपर्नेमा जोड दिए।मुख्यसचिव अर्यालले युवाको आकाङ्क्षा र राज्यको क्षमताबिचमा ठुलो अन्तर रहेको बताउँदै यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेको बताए। उनले जेनजी आन्दोलनको सन्देशलाई मनन गर्दै शासन र सेवाप्रतिको अपेक्षा बदलिएकाले विगतमा गर्न नसकिएका कुराहरू अब गर्नुपर्ने बताए। ‘हिजो गर्न सकेनौँ भने अब गर्नुपर्छ, नत्र भोलि गएर फेरि यस्तै आन्दोलन हुन्छ,’ उनले भने।

मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने र तीन तहका सरकारबिच समन्वय हुन नसक्दा पनि विभिन्न समस्याहरू आइरहेको जिकिर गरे। उनले फरक फरक ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports