नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लिन लागेको विश्वासको मतको मत विभाजन प्रक्रिया सुरु

1.27K
shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लिन लागेको विश्वासको मतको मत विभाजन प्रक्रिया सुरु भएको छ ।

केहीबेर अघिबाट मत विभाजन प्रक्रिया सुरु भएको हो ।बैठकमा सुरुमा प्रतिपक्षी मात्र उपस्थित थिए । अहिले केही सत्तापक्षका सांसदहरू पनि पुगेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केहीबेर प्रक्रिया रोक्न माग गरेको छ ।सभामुख रामचन्द्र मण्डलले मत विभाजन प्रक्रिया सुरु गरेका छन् ।

१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् ।मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित छिन् ।माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports