नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ लगायतका नेता एमालेमै फर्किए

1.16K
shares

काठमाडौँ । चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

गत कात्तिक १९ गते एकीकृत समाजवादी माओवादी लगायतका पार्टीबिच एकीकृत भएको थियो ।सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गत झाँक्री र श्रेष्ठ पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष ओलीले एमालेको चुनाव चिह्न सुर्य प्रदान गरेका थिए भने उनीहरुले कलम चिह्न अध्यक्ष ओलीलाई प्रदान गरेका थिए । सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports