नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी आन्दोलनका नाममा जे भयो, त्यो त आन्दोलन होइन अर्कै पो भएछ : ओली

1.89K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा अर्के आन्दोलन भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको एमालेको ‘घर फर्क अभियान’ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘जेनजी आन्दोलनका नाममा जे भयो, त्यो त आन्दोलन होइन अर्कै पो भएछ’, ओलीले भने– ‘राष्ट्रको सम्पत्ति र व्यक्तिको सम्पत्ति जलाइएछ । उद्योग धन्दा जलाएर गरिबहरूलाई बेरोजगार बनाइएछ । गरिबका छोराछोरी विद्यालयबाट फिर्ता ल्याउनुपर्ने र मर्ने मार्ने काम भएछ ।’उनले जेनजी आन्दोलनका क्रममा थुप्रैको ज्यान गएको भन्दै त्यसबाट सार्वभौम जनताले छानेको सर्वोच्च प्रतिनिधि संस्था विघटन गरिएको बताए । सो क्रममा नगर्नुपर्ने र नराम्रा काम भएको समेत उनले बताए ।

‘जनतमतलाई अनादार गर्ने सरकार बनेछ । संविधान जोगाउने र लोकतन्त्र जोगाउन संसद् पुनर्स्थापनाको बाटो नै ठिक रहेछ जुन एमालेले चलाएको अभियानलाई साथ दिनुपर्छ भनेर केही जेनजीहरु एमालेमा फर्कनुभएको छ’, ओलीले भन– ‘नेकपा एमालेले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्छ ।’कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीलगायत पार्टीमा निस्वार्थ फर्किएको भन्दै पार्टीले त्यसलाई कदर गर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिए । उनले बुढाहरू उनीहरूको पार्टीमा गएको तर युवाहरू काम गर्नेहरू एमालेमा फर्किएको बताए ।

‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ,एक दुई जना समेट्न बाँकी छ’, व्यङ्ग्य गर्दै उनले भने– ‘काम गर्ने जति एमालेतिर ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports