मधेश प्रदेश सरकार गठन विरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर
वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:२३
shares

काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ ।
कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् ।प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् ।
नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश प्रमुखद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघ बढाउन उनले माग गरेका छन् । यसअघि आजै मधेश सरकार गठन विरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।



































