नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी फागुन २१ मा चुनाव गराउन प्रतिवद्ध : निर्वाचन आयोग

1.57K
shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा चुनाव गराउन प्रतिवद्ध रहेको बताएको छ ।

सोमबार निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व निर्वाचन आयुक्त एवम् पूर्व सचिवहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो ।छलफलमा निर्वाचन आयोगका तर्फबाट माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

साथै उनले युवा पुस्ताको आन्दोलनको माग बमोजिम सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधार तयार गर्ने तथा राजनीतिक दलहरूको माग बमोजिम जनप्रतिनिधिमूलक शासन कायम गर्ने उपाय नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन भएको धारणा राखे । नेपालको संविधान र मौजुदा कानुन बमोजिम तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको दायित्व रहेको स्मरण गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports