नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अगाडि बढ्न सुझाव

1.21K
shares

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अगाडि बढ्न सुझाएका छन् ।

निर्वाचन आयोगका अधिकारीहरूसँग भएको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वनिर्वाचन आयुक्त एवम् पूर्वसचिवहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको थियो ।छलफलमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेती, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त डा. रामभक्त पीबी ठाकुर थिए । निर्वाचन आयोगका पूर्व सचिवहरू मधुप्रसाद रेग्मी, रविलाल पन्थ, सुरेश अधिकारी र भरतमणि सुवेदीको पनि सहभागिता रहेको थियो ।

जहाँ विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषय उठेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने बताए ।बरु २१ फागुनको चुनाव सारेर वैशाखमा निर्वाचन गर्न सकिने उल्लेख गर्दै उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार भने दिनुपर्ने बताए । विदेशमा रहेकालाई भोटिङ अधिकार दिन अनलाइन भोटिङमा जानुपर्ने पनि उनीहरूको सुझाव छ ।छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

साथै उनले युवा पुस्ताको आन्दोलनको माग बमोजिम सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधार तयार गर्ने तथा राजनीतिक दलहरूको माग बमोजिम जनप्रतिनिधिमूलक शासन कायम गर्ने उपाय नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन भएको धारणा राखे । नेपालको संविधान र मौजुदा कानुन बमोजिम तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको दायित्व रहेको स्मरण गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports