सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा तीन उपसूचक बाहेक सबै रात्ताम्मे

468
shares

आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ४८ अंकले घटेर २,८७१ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज माइक्रोफाइनान्स इन्भेष्टमेन्ट र अन्य बाहेक सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २२५ वटा कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटिको कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको ३१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७४० रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको ३१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यसैगरी आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्स कम्पनी र विन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports