सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने

1.5K
shares

काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ ।

आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको स्वीकृति र निर्वाचन चिह्न प्रदान मंसिर १४ गते हुनेछ ।निर्वाचन कार्यक्रम स्वीकृति र नेपाल राजपत्रमा प्रकाशन गर्ने मंसिर १६ गते गर्ने तालिका छ ।मतदाता नामवली (निर्वाचक मण्डल) तयार गरी स्वीकृत गर्ने काम आगामी पुस ५ गते हुनेछ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सोही दिन गर्ने तालिका छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना पुस १६ गते हुनेछ । निर्वाचन कार्यक्रम संचालन पुस २० गते देखि २८ गते सम्म हुनेछ भने निर्वाचन प्रचार प्रसारको समय पुस २८ गतेदेखि माघ ८ गतेसम्म हुने तालिका तय भएको छ ।मतदान आगामी माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म हुनेछ । सोही दिन मतगणना सुरु हुनेछ ।निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् ।प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखको मतभार १९ रहेको छ ।प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो ।

कोशी प्रदेशमा १० हजार १३५ मतभार छ । मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ । कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ । मनोनीत सांसद वामदेव गौत्तमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ ।

बाँकी १८ पदका लागि चुनाव हुनेछ । कोही प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।वि.सं. २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । उक्त स्थानमा चुनाव हुन लागेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports