नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि काठमाडौंको न्यूनतम तापक्रम हिजो भन्दा तल झर्यो

1.69K
shares

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (बिहीबार) को तुलनामा आज (शुक्रबार) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो। हिजो १०.८ डिग्री सेल्सियस थियो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेलासम्म यो तापक्रम थप घट्न सक्छ अथवा यही कायम रहन पनि सक्छ।

अस्ति बुधबार उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो।मौसमविद्का अनुसार राति आकाशमा बादल लागेका बेला न्यूनतम तापक्रम केही बढ्छ भने आकाश सफा भएका बेला घट्छ।मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports