सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्यमन्त्री खतिवडाबिरुद्ध मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुने

897
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा अख्तियारको कठघरामा पर्ने हुनुभएको छ । जनताका लागि करिद तथा अनुदानमा ल्याइएको २४ लाख डोज कोरोना खोप हिनामिना गरी हराएको बहाना बनाएको तथ्यसहित स्वास्थ्यमन्त्री खतिवडाबिरुद्ध मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता हुन लागेको हो ।

राष्ट्रिय युवा संघ नेपालले आफ्नो अनुसन्धानपछि मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र बच्न हराएको नाटक गरेको पाइएपछि मंगलवार अख्तियारमा लिखित उजुरी दर्ता गर्न लागेको हो । संघका नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले सवै तथ्यले २४ लाख खोप घोटाला काण्डमा मन्त्रीको प्रत्यक्ष संलग्नता देखिएकोले अख्तियारमा उजुरी दर्ता गर्न लागेकोबताउनु भयो । ‘हाम्रो अनुसन्धानले मन्त्रीकै संलग्नतामा खोप दुरुपयोग भएको र हराएको भनेर जनतालाई झुक्याउने काम भएकोले उजुरी दिन लागेको पोखरेलको भनाई छ ।

स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको नेतृत्व गरेपछि कोभिड–१९ बिरुद्धको २४ लाख डोज भ्याक्सिन गायव पारेर राज्यकोषको २ अर्व ४० करोड रकम हिनामिना गरेको तथ्य पाइएकाले अख्तियारमा मुद्धा दर्ता गर्न लागेका हौं,’ युवा संघका संयोजक पौडेलले भन्नुभयो ।युवा संघले यसअघि पनि यस्ता भ्रष्टाचारको बिषयमा आफै छानविन गरी अख्तियारमा उजुरी दर्ता गर्दै आएको छ । माओवादी लडाकू शिवरको घोटाला प्रकरणमा संघले नै लिखित उजुरी दिएपछि अख्तियारले छानविन अघि बढाएको थियो । तर दवावको भरमा सो भ्रष्टाचारको मुद्धा अहिलेसम्म अन्तिम रुप दिइएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports