सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गर्यो

1.01K
shares

जनकपुरधामा । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।

आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अन्य दल बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री यादव भने पुगेका छन् ।जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी हुने भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए ।

‘बैठकमा वर्तमान मुख्यमन्त्री पनि सहभागी हुन्छन् । उनी असंवैधानिक तरिकाले नियुक्त भएकाले हामीले सर्वोच्चमा रिट गरेका छौँ । सुनवाई हुन बाँकी छ,’ उनले भने, ‘त्यसकारण विवादित मुख्यमन्त्री उपस्थित बैठकमा सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports