सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले लिनुपर्छ : रावल

1.34K
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारे जिम्मेवार हुनुपर्ने बताएका हुन्। संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।उनले भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताए। उनले बाह्य शक्तिको समेत घुसपैठका कारण जेनजी आन्दोलनका क्रममा ठुलो क्षति भएको आशङ्का गरे।

साथै, उनले वर्तमान सरकार छ महिनाको लागि चुनावी सरकार रहेको स्मरण गराउँदै यसले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्ने खालका सम्झौता गर्न नपाउने जिकिर गरे। अब आउने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने उनले बताए।रावलले कैदीबन्दी र हातहतियारहरू बाहिर रहेको र समाजमा पनि अराजकता बढ्दै गएको जिकिर गरे। उनले मुलुकमा देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports