सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब बेलायतमा शरणार्थी भएर पीआर लिन २० बर्ष, लाग्ने नेपाली पनि प्रभावित हुने

1.61K
shares

लन्डन । बेलायत सरकारले शरणार्थीसम्बन्धी नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । यो नयाँ नीति कार्यान्वयनमा आउँदा शरणार्थी भएर बेलायतको पीआर लिन २० वर्ष लाग्नेछ । बेलायतको नयाँ नीतिले नेपालीहरु पनि प्रभावित हुने जानकारहरु बताउँछन् ।

बेलायतमा शरण दाबी गर्ने आप्रवासीहरुको संख्या अत्याधिक बढिरहँदा सरकार नयाँ नीति ल्याउने अवस्थामा पुगेको हो । बेलायतको ‘पपुलिष्ट’ पार्टी रिफर्म यूकेका कारण लेबर सरकारलाई नीति कडाइ गर्न दबाब परिरहेको थियो ।गृहमन्त्री शबाना महमुदले सोमबार संसद (हाउस अफ कमन्स)मा बेलायतको शरण र फिर्ती प्रणालीमा महत्वपूर्ण सुधार गर्ने योजना प्रस्तुत गरिन् । उनले आधुनिक समयमा अवैध आप्रवासन नियन्त्रण गर्न सबैभन्दा ठूलो परिवर्तनको घोषणा गरेको बताएकी छन् ।
के छ नयाँ नीतिमा ?

गृहमन्त्रीले संसदमा घोषणा गरेको योजनामा शरणार्थीको हैसियत (स्टाटस) अस्थायी हुनेछ र प्रत्येक ३० महिनामा नियमित समीक्षा गरिनेछ । शरण माग्ने आप्रवासीको देश सुरक्षित ठानिएपछि उनीहरूलाई स्वदेश फर्काइनेछ ।बेलायतमा असाइलम भिजा पाएका मानिसले स्थायी आवासीय अधिकार (पीआर) पाउन २० वर्ष पर्खनुपर्नेछ । अहिले यो अवधि ५ वर्षमात्र छ । असाइलम भिजा अस्वीकृत भएकाहरु र गैरकानूनी रुपमा बेलायत छिरेकालाई छिट्टै देश निकाला गरिनेछ ।सरकारले मानव अधिकार कानुनमा परिमार्जन गरिने पनि जनाएको छ जसको अर्थ आप्रवासन मुद्दाहरूमा मानव अधिकार सम्बन्धी युरोपेली महासन्धिको धारा ८ अन्तर्गत पारिवारिक जीवनको अधिकार संकुचित गरिनेछ ।

शरणार्थीहरुका लागि ग्यारेन्टी गरिएको नि:शुल्क आवास सुविधा र आर्थिक सहायता (साप्ताहिक तलब) रोकिनेछ । जोसँग काम गर्ने अनुमति छ उनीहरुले काम गर्नुपर्नेछ । अपराध गरेका वा हटाउने निर्देशनहरू अवज्ञा गरेकालाई उनीहरुको सुविधा खारेज गरिनेछ ।सरकारले यसअघि सन् २०२९ सम्म शरणार्थीहरूलाई राख्न होटल प्रयोग अन्त्य गर्ने बाचा गरेको थियो । एक तथ्यांक अनुसार गत वर्ष शरण माग्ने आप्रवासीलाई होटलमा राख्दा सरकारलाई प्रतिदिन ५.७७ मिलियन पाउण्ड व्यय भार परेको थियो ।

शरणार्थीहरुको उमेर प्रमाणित गर्न एआई सञ्चालित प्रविधिको परीक्षणसहित नयाँ प्रविधिहरु प्रयोग गरिनेछ । विशेष गरी बालबालिका भएको दाबी गर्नेहरूको उमेर प्रमाणित गर्न एआई–सञ्चालित प्रविधिको परीक्षणहरू व्यापक रूपमा प्रयोग गरिने सरकारी योजना छ ।यसका साथै, सरकारले संसदको अन्त्यसम्ममा डिजिटल आईडी पेश गर्ने योजना बनाएको छ । यसले रोजगारदातालाई काम गर्ने अधिकार जाँच्न बाध्य पार्नेछ र गैरकानूनी कामदारहरूलाई नक्कली कागजात प्रयोग गर्न असहज बनाउने सरकारको तर्क छ ।शरणार्थी रुटमा भिजा सीमित गरिने छ र बेलायतमा नयाँ सुरक्षित र कानूनी मार्गहरू स्थापित गरिनेछ ।

सरकारले अंगोला, नामिबिया र प्रजातान्त्रिक गणतन्त्र कंगोलाई अवैध आप्रवासी र अपराधीहरूको फिर्ती स्वीकार नगरेसम्म भिजा प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ । सरकारको प्रस्तावित नयाँ नीतिका कारण नेपाली समेत प्रभावित हुने भएका छन् । आफ्नो देश सुरक्षित नभएर बेलायतमै शरण पाउँ भन्ने नेपाली देखि घरेलु हिंसा र राजावादी भएका कारण फर्कन नसक्ने भनेर केस गर्ने नेपाली रहेको कानूनविदहरु बताउँछन् ।

रोजगारदाता कम्पनीको लाइसेन्स खारेज भएर वर्क परमिट भिजा रद्द भएका र अध्ययनका क्रममा आएर बीचमै पढाइ छाडेका विद्यार्थी आदिसम्मले शरण माग्ने गरेका छन् । तर, यस्ता आवेदक कति छन् एकीन तथ्यांक नेपाली दूतावाससँग समेत छैन । लन्डनका अध्यागमन सोलिसिटर राजु थापा नेपालको परिप्रेक्ष्यमा असाइलम केस सफल हुने सम्भावना भने निकै न्यून रहेको बताउँछन् । ‘अहिले त सफल हुने चान्स कम छ, अब नयाँ नीतिले झन् धेरै असहज हुने देखिन्छ’, थापाले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports